दार्चुलाको मार्मा गाउँपालिका– २ मा २८.३० मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजना निर्माण हुने भएको छ । प्रवद्र्धक दार्चुला पावर लिमिटेडले पाँच अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको आयोजनाको शनिबार कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंह, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभाका सांसद मानबहादुर धामी र विक्रमसिंह धामीलगायतको उपस्थिति थियो ।
शिलान्यस कार्यक्रममा दार्चुला पावर कम्पनीका सञ्चालक गुरु न्यौपानेले चौथो आयोजनाका रूपमा निर्माण गर्न लागेको मध्यचमेलियापछि अन्य सम्भावित आयोजना निर्माणका लागि सोचिरहेको उनले बताए । उनले दार्चुलामा चौथो आयोजना निर्माण गर्न लागेकोले स्थानीयहरूको साथ पाए दसौँ आयोजना बनाउन तयार रहेको उनले बताए । दार्चुला पावर कम्पनी दार्चुलावासीको सम्पत्ति रहेको उनले उल्लेख गरे । उनले दार्चुलामा उत्पादित बिजुली भारतमा बेच्न दार्चुलाबाटै प्रसारणलाइन बनाउन सरकारलाई अनुरोध गरेका छन् ।
यस जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने छ । आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ । दुई वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत रु छ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको आयोजनाका सञ्चालक न्यौपानेले जानकारी दिए । ध्यचमेलियामा नेपाल बैंक लिमिटेड र नबिल बैंकको ७५ प्रतिशत ऋण लगानी रहेको छ भने २५ प्रतिशत दार्चुला पावर लिमिटेडको स्वपुँजी रहेको छ ।
साझा अर्थ संवाददाता