पात्रो

रेडियो

समाचार खोजी

नेपालकै पहिलो राष्ट्रिय इस्पोर्टस् लिगलाई उत्कृष्ट बनाउँदै सामसङ

साझा अर्थ संवाददाता ९ फागुन २०८१, शुक्रवार

 

नेपालको पहिलो राष्ट्रिय इस्पोर्टस् च्याम्पियनसिप बिहीबारदेखि दशरथ रंगशाला, काठमाडौंमा सुरु भएको छ । प्रतियोगिता शनिबारसम्म (१० फागुन) चल्नेछ ।

यो प्रतियोगितामा नेपालका उत्कृष्ट इस्पोर्टस् खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्याङ ब्याघ, इ–फुटबललगायतका ६ प्रमुख इ–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्। 

नवीनतम प्रविधिको अगुवाइ गर्ने सामसङ यस ऐतिहासिक इभेन्टको प्रमुख भाग बन्न पुगेको छ, जहाँ प्रोफेसनल गेमरहरूले हालै मात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी, प्रतियोगिताको इ–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस २५ अल्ट्रामा खेलिनेछ।  

यस इभेन्टमा दर्शकहरूका लागि सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध छन्, जहाँ दर्शकहरूले सामसङका नवीनतम उपकरण र विशेष गरी ग्यालेक्सी एस २५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्।

‘सामसङ सधैँ उच्च–प्रदर्शनयुक्त उपकरण प्रदान गर्दै मोबाइल गेमिङ अनुभवलाई नयाँस्तरमा पुर्‍याउन प्रतिबद्ध छ। ग्यालेक्सी एस २५ अल्ट्राले गेमिङको अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको छ। स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ६.९ इन्चको इमर्सिभ डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ, यो स्मार्टफोन ती गेमरहरूका लागि डिजाइन गरिएको हो,’ सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने। 

उनका अनुसार क्वालकम इन्जिनियरहरूसँगको सामसङको सहकार्यले डिभाइसको स्पिड र तापमान व्यवस्थापनलाई उत्कृष्ट बनाएको छ । जसले गर्दा खेलाडीहरूले कठिन गेमप्लेका दौरान कुनै अवरोधविना प्रतिस्पर्धा गर्न सक्नेछन्। 

‘नेपालको इस्पोर्टस् क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ । सामसङ यो यात्रामा नेपाली गेमरहरूलाई यो नयाँ प्रविधिको साथ सहयोग गर्न पाउँदा गर्व गर्छ,’ निर्देशक स्थापितले भने। 

इस्पोर्टस् प्रतिस्पर्धाहरू मात्र नभई, यो इभेन्टमा दर्शकहरूको मनोरञ्जनका लागि वाङ्देन शेर्पा, कुमा सागरजस्ता चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति तथा फुड स्टल, इन्टरएक्टिभ एक्सपिरियन्स जोन र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिएका सामसङ नेपालले जनाएको छ । 

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता