पात्रो

रेडियो

समाचार खोजी

नेसनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

साझा अर्थ संवाददाता ५ फागुन २०८१, सोमवार

 

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनस्थित होटेल सोल्टी वेस्टेन्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनाेट हुनका लागि तोकेको बिमा शुल्क संकलन गरी नेपालभरबाट छनाेट भएका एक सयजना एमडिआरटी अभिकर्ताहरूलाई भव्य समारोहबिच सम्मान गरेको हो।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरू सुरु गरेको र यसबाट अभिकर्ताहरू उत्साही भएको बताए। उनले अभिकर्ता सञ्जालको व्यवसायीकरणलाई सधैँ उच्च स्थानमा राख्दै विविध मासिक र वार्षिक प्रोत्साहन योजना पेस गर्दै आएकोमा आगामी दिनहरूमा पनि कम्पनीले यसमा यथासम्भव लगानी गरिरहने जानकारी गराए। 

एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाखदेखि तीन करोडसम्मको बिमा शुल्क संकलन गरी ९४ जनाले एमडिआरटी, तीनजनाले सिओटी र दुईजनाले टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै एक सयजना अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो। साथै निरन्तर ५१ दिनसम्म ५१ बिमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रूपक पराजुली र सबैभन्दा बढी एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरिएको थियो।

224 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता