पात्रो

रेडियो

समाचार खोजी

पुँजी बजारका विषयमा अध्ययन तथा अनुसन्धान गर्न धितोपत्र बोर्ड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागले सहकार्य गर्दै

वित्तीय साक्षरतासम्बन्धी पाठ्यक्रम तथा साक्षरता अभिबृद्धि गर्ने

साझा अर्थ संवाददाता २ फागुन २०८१, शुक्रवार

काठमाडौं । पुँजी बजारका विविध विषयमा अध्ययन तथा अनुसन्धान गर्न धितोपत्र बोर्ड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागले सहकार्य गर्ने भएका छन् ।
सहकार्यका लागि धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र त्रिवि व्यवस्थापन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. भवानीशंकर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार पुँजी बजारका विविध विषयमा अध्ययन तथा अनुसन्धान, लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिबृद्धिसम्बन्धी पाठ्यक्रम विकास, वित्तीय साक्षरता अभिबृद्धिलगायत धितोपत्र बोर्डका कर्मचारीको क्षमता बृद्धिका लागि विभिन्न किसिमका तालिम तथा व्यवसायिकता अभिबृद्धि गरिने बताइएको छ ।
सम्झौता अनुसार बोर्डले तोकेका धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारसँग सम्बन्धित विषयवस्तुमा एकल वा बोर्डसँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान गरिनेछ ।
यसैगरी वित्तीय साक्षरतासम्बन्धी पाठ्यक्रमको विकास तथा साक्षरता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्ने–गराउने, विभाग अन्तरगत अध्ययनरत विद्यार्थीहरुलाई पुँजी बजार सम्बन्धमा तालिम तथा प्रशिक्षण प्रदान गर्ने रहेको छ ।
साथै बोर्डका कर्मचारीहरुको क्षमता तथा व्यवसायिकता अभिबृद्धि गर्न सहयोग पुग्ने तालिम तथा अन्तरक्रिया कार्यक्रमहरुको विकास तथा आयोजना गर्ने मुख्य उद्देश्य रहेको जनाइएको छ ।

216 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता