पात्रो

रेडियो

समाचार खोजी

अरुण भ्याली हाइड्रोपावरको नाफा ७३५ प्रतिशत बढ्यो

साझा अर्थ संवाददाता २५ माघ २०८१, शुक्रवार

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ४२ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ७३५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ३२ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
 चालु आवको पुस मसान्तसम्म कम्पनीले बिजुली बेचेर १४ करोड १२ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा ३ करोड २० लाख १९ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको वित्तीय खर्च १२ करोड २४ लाख ९९ हजार रुपैयाँबाट घटेर ७ करोड ७३ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ०९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७२ पैसा रहेको छ 

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता