पात्रो

रेडियो

समाचार खोजी

बैंक तथा वित्तिय सस्थाहरु भन्छन् - बैंक तथा वित्तीय क्षेत्र सुरक्षित छन्

साझा अर्थ संवाददाता २५ माघ २०८१, शुक्रवार

काठमाडौं। नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै स्पष्ट पारेका छन्।
उनीहरूका अनुसार नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी तथा अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तहरूको पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन्। साथै, यी संस्थाहरू जोखिम बहन गर्ने पर्याप्त क्षमताका साथ सुरक्षित रहेको संघहरूको दाबी छ।

संघहरूले बैंकिङ्ग क्षेत्रमा भइरहेको केही अराजक गतिविधि र सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उ

प्राकृतिक व्यक्तिका नाममा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षित रहेको संघहरूले स्मरण गराएका छन्।


संघहरूले आम नागरिकलाई सामाजिक सञ्जालमा देखिने भ्रामक र गलत टिप्पणीप्रति ध्यान नदिन आग्रह गर्दै केवल सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना तथा समाचारलाई मात्र आधिकारिक रूपमा लिन अनुरोध गरेका छन्।

 

 

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु