पात्रो

रेडियो

समाचार खोजी

१९ बुँदे माग राख्दै एलपी ग्यास उद्योग संघद्वाराआन्दोलन घोषणा

साझा अर्थ संवाददाता २५ माघ २०८१, शुक्रवार

नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेको छ ।   संघले ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि नभएकाले तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फीति दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग राखेको छ । 

एलपी ग्यासको सिलिन्डरबाट हुने दुर्घटनाहरूमा निर्माता ९उद्योग०, उद्योगी, विक्रेता, उपभोक्ताको दायित्वबारे छुट्टाछुट्टै कानुनी व्यवस्था हुनुपर्ने माग पनि संघको छ । सिलिन्डर दुर्घटनाको अनुसन्धान तथा न्यूनीकरण गर्न प्राविधिकसहितको स्वतन्त्र अनुगमन समिति स्थायी रूपमा गठन गरिनुपर्ने पनि बताइएको छ । यसैगरी, ग्यास उद्योग मर्ज गर्ने नीति ल्याउनुपर्ने माग पनि गरिएको छ । आयात भएका ग्यासको गुणस्तरका विषयमा आयल निगम, उद्योगी, विक्रेता, उपभोक्ता अनभिज्ञ रहेकाले सात महिनाभित्र गुणस्तरीय ल्याबको स्थापना गर्नुपर्ने माग पनि राखिएको छ । 

यी माग सम्बोधन नभए ३० माघदेखि देशभरका ५९ वटै उद्योगले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर ९पिडिओ० नगर्ने संघको विज्ञप्तिमा छ ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता