पात्रो

रेडियो

समाचार खोजी

भायानेट कम्युनिकेसनले विद्यालयलाई दियो शैक्षिक सामग्री

साझा अर्थ संवाददाता २५ माघ २०८१, शुक्रवार

 

भायानेट कम्युनिकेसनले सुनसरी जिल्लाको श्री देवकोटा आधारभूत विद्यालय इनरुवाका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा  सहयोग गरेको छ ।

भायानेटले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री र जाडो महिनाको तयारीका लागि न्यानो कपडा वितरण गरेको हो । यस सहयोग कार्यक्रममार्फत विद्यालयका विद्यार्थीलाई कपी, पेन्सिल, सार्पनर, इरेजर, ज्योमेट्री बक्स तथा न्यानो हुडी वितरण गरिएको कम्पनीले जनाएको छ । 

विद्यालयका प्रधानाध्यापकले भायानेटको यस सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहयोग पुग्ने र उनीहरूको जाडो मौसममा स्वास्थ्य सुरक्षामा पनि योगदान दिने विश्वास व्यक्त गरे । भायानेट कम्युनिकेसनले आफ्नो सिएसआर कार्यक्रमअन्तर्गत देशभरका विभिन्न विद्यालय तथा संस्थासँग सहकार्य गर्दै सामाजिक सेवाका कार्यक्रम गर्दै आइरहेको छ । 

131 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता