पात्रो

रेडियो

समाचार खोजी

सिस्नेखोला–नागढुंगा सुरुङमार्ग भौतिक प्रगति ८५ प्रतिशत र  वित्तीय प्रगति ७६.८८ प्रतिशत

साझा अर्थ संवाददाता २४ माघ २०८१, बिहिवार

सिस्नेखोला–नागढुंगा सुरुङमार्ग परियोजनाको भौतिक प्रगति ८५ प्रतिशत र  वित्तीय प्रगति भने ७६.८८ प्रतिशत पुगेको छ । आयोजना कार्यालयले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ४८.९० प्रतिशत सडक कंक्रिट गरिएको छ । परियोजनामा सुरुङभित्र र बाहिरका गरेर ६.४७ किमि लामो सडक छ, त्यसमा हालसम्म ३.१६ किमि सडक कंक्रिट भइसकेको छ । 
यस परियोजनामा २६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख र २५५७ मिटरको रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको थियो । त्यसपछि मुख्य टनेल र क्रस प्यासेजमा कंक्रिट लाइनिङ ९भित्ता र सिलिङको कंक्रिटिङ०को काम सम्पन्न भइसकेको छ । त्यसपछि सडक कंक्रिट गर्न सुरु गरिएको हो । 

मुख्य टनेलको लेनलाई ‘कन्टिन्युअस्ली रिइन्फोस्र्ड कंक्रिट पेवमेन्ट’ ९सिआरसिपी० प्रविधिबाट कंक्रिट गरिँदै छ । त्यसतर्फ हालसम्म १७०७ मिटर सडक कंक्रिट भएको छ ।

यस्तै, सुरुङबाहिरको सडक लेनलाई भने ‘रिइन्फोस्र्ड कंक्रिट पेवमेन्ट’ ९आरसिपी० प्रविधिमा क्रंकिट गरिँदै छ । यसअन्तर्गत दुई हजार ८०० मिटर सडक लेन कंक्रिट गर्नुपर्नेछ, त्यसमा हालसम्म ८७७ मिटर सडक लेन कंक्रिट गरिएको छ । अब २२ सय ४९ मिटर सडक क्रंकिट गर्न बाँकी छ । 

यस्तै, सुरुङभित्र र बाहिरको सडक जोडिने ठाउँमा भने ‘जोइन्ट रिइन्फोस्र्ड कंक्रिट पेवमेन्ट’ ९जेआरसिपी० प्रविधिमा क्रंकिट गरिँदै छ । यसअन्तर्गत ९८३।८२ मिटर सडक कंक्रिट गर्नुपर्नेछ । त्यसमा हालसम्म ५८० मिटर सडक कंक्रिट गरिसकिएको छ । अब ४०३ मिटर सडक भने कंक्रिट गर्न बाँकी छ । 

183 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता