पात्रो

रेडियो

समाचार खोजी

सिवाईसी नेपाल लघुवित्तको खुद नाफा १०४.५८ प्रतिशतले बृद्धि

साझा अर्थ संवाददाता २३ माघ २०८१, बुधवार

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमाससम्मम  ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १०४.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले २ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले १७ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  कम्पनीको सञ्चालन नाफा गत आवमा २ करोड ४९ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ।


त्यस्तै, कम्पनीको खुद सञ्चालन आम्दानी पनि ३०.३२ प्रतिशतले बढेर २२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि १२ करोड ३३ लाख र अन्य सञ्चालनका लागि ३ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ ।

अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर ५ करोड ७७ लाख पुगेको छ । रिजर्भको आकार भने ३३ करोड ८८ लाख रुपैयाँबाट घटेर ३४ करोड ६५ लाख रुपैयाँमा सीमित बनेको छ ।
 
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० बढेर ३२.४० रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २५१.७४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४६७.२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४८  गुणा र तरलता अनुपात ८.३९ प्रतिशत कायम भएको छ ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु