पात्रो

रेडियो

समाचार खोजी

टेलिकममा सर्वसाधारणको सेयर हिस्सा २५ प्रतिशत पुर्याइने

साझा अर्थ संवाददाता २३ माघ २०८१, बुधवार

 नेपाल टेलिकमको सेयर संरचना परिवर्तन गरी सर्वसाधारणको उपस्थिति बढाइने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले चालू आर्थिक वर्ष ०८१/८२ मै टेलिकमको २५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणमा दिने बताएका हुन् । हाल टेलिकममा सरकारको ९२ र सर्वसाधारणको ८ प्रतिशत सेयर स्वामित्व छ । 

मंगलबार नेपाल टेलिकम स्थापनाको २१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने  ‘नेपाल टेलिकम सरकारी कम्पनी हो भन्नेबित्तिकै सर्वसाधारणमा यसको अपनत्व कम हुने देखिएको छ, यसको कार्यसम्पादन प्रभावकारी बनाउन पनि सर्वसाधारणको स्वामित्व बढाउनुपर्ने देखिन्छ ।’ 

नेपाल स्टक एक्सचेन्जमा हाल टेलिकमको १८ करोड कित्ता सेयर सूचीकृत छ ।  टेलिकमको बजार पुँजीकरण एक खर्ब ६३ अर्ब ८० करोड रुपैयाँ कायम छ । टेलिकमको कुल चुक्ता पुँजी १८ अर्ब छ । 

आर्थिक वर्ष ०८०र८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड रुपैयाँ र खुद मुनाफा ६ अर्ब २३ करोड छ । चालू आर्थिक वर्षको ६ महिनामा टेलिकमले २० अर्ब १२ करोड आम्दानी गरेको थियो । 

  

105 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु