मंगलबार तोलामा १९ सय रुपैयाँ बढेको सुनको भाउ आज बुधबार अझै बढेको छ । मंगलबार प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ पुगेको हो।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४३ हजार ९० सय रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ तय भएको छ। आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ९३ रुपैयाँ तोकिएको छ ।
साझा अर्थ संवाददाता