पात्रो

रेडियो

समाचार खोजी

नेपाल टेलिकमको २० अर्ब १२ करोड आय

साझा अर्थ संवाददाता २२ माघ २०८१, मङ्गलवार

 नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय रु ४२ अर्व ११ करोड र खुद मुनाफा रु ६ अर्ब २३ करोड छ । जुन अघिल्लो आ व को तुलामा केही कमी रहेको छ । समग्र अर्थतन्त्रका सूचकाङ्क नकारात्मक रहेको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गरेको छ भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करीब रु २० अर्ब १२ करोड आय आर्जन गरिसकेको छ जसले वित्तीय लक्ष्य हासिल गर्न सकिने संकेत गरको छ ।

मुलुकको समग्र अर्थतन्त्रमा कम्पनीको योगदान उल्लेखनीय छ। आ.व. ०७९/८० मा कम्पनीले कर तथा शुल्क। दस्तुर, लाभांश, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी एवं श्रोतमा कट्टीकर वापत आफ्नो कूल आयको ६४.०३ प्रतिशत अर्थात् रु। २८ अर्ब ४६ करोड सरकारी कोषमा योगदान पुर्याएकोमा समीक्षा अवधि आ.व. ०८०/८१ मा कुल रु ४१ अर्व ५९ करोडको योगदान पुर्याएको थियो भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले रु १० अर्ब ८१ करोडभन्दा बढी योगदान गरिसकेको छ ।

प्रचलित कानुनले निर्धारण गरेको समय सीमा भित्र कम्पनीको साधारण सभा सम्पन्न भई शेयर धनी महानुभावहरुलाई समयमा नै लाभांश समेत भुक्तानी गर्न पाउंदा हामीलाई गर्व लागेको छ । सेवाग्राही बीच सेवा छनौटको अवसरयुक्त पृष्ठभूमीमा पनि कम्पनीले समाजको विकासमा र राष्ट्रिय अर्थतन्त्रमा पुरयाएको योगदान स्वरुप विगत आ व ०७२।७३ देखि राष्ट्रिय स्तरमा सम्मानित समेत हुदै आइरहेको यथार्थ हामी सामु छ ।

सेवा विस्तार तथा ग्राहक आधारः

भ्वाइस सेवातर्फः २०८१ मंसिर महिनाको अन्त्यसम्म कम्पनीको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजारभन्दा बढी पुगेको छ। यसमध्ये, जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड ७ लाख ७४ हजार पीएसटीएन सेवाका ग्राहक ८७ हजार, तथा एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ८० हजार रहेका छन्। २०८१ मंसिर महिनाको तथ्याङ्क अनुसार भ्वाइस सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ५०।४४ प्रतिशत रहेको छ।
इन्टरनेट तथा डाटा सेवातर्फः २०८१ मंसिर महिनाको अन्त्यसम्म कम्पनीका इन्टरनेट तथा डाटा सेवाका प्रयोगकर्ता २ करोड ११ लाखभन्दा बढी पुगेका छन्। यसमध्ये, जीएसएम मोबाइल डाटा सेवाका प्रयोगकर्ता २ करोड ७ लाख, तथा एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ३ लाख रहेका छन्। जीएसएम द्धन् सेवातर्फ हालसम्म करिव १ करोड ६४ लाख ग्राहक संख्यामा पुगिसकेको छ र निरन्तर विस्तारको क्रममा रहेको छ।

फोर जी आयोजना तर्फः

नेपाल टेलिकमले दूरसञ्चार सेवालाई अझ बढी सर्वसुलभ र गुणस्तरीय बनाउँदै आफ्नो बजार हिस्सालाई मजबुत पार्ने उद्देश्यले सेवा विस्तार र सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिँदै आएको छ। यसै सन्दर्भमा वायरलेस ब्रॉडब्यान्ड अर्थात् फोरजी सेवा देशभर विस्तार गर्दै आएको छ। हालसम्म ७७ जिल्लाका ७४४ स्थानीय तहसम्म यसको पहुँच पुगेको छ भने नेटवर्क विस्तारका लागि संचालनमा रहेका ४६९७ स्थान मध्ये ४३२४ स्थानमा फोर जी सेवा संचालनमा रहेको छ ।  यसै आर्थिक वर्ष भित्रमा १८०० मेगाहेर्जको टु जी सेवा बन्द गर्ने योजना रहेको छ । दूरसञ्चार प्राधिकरणबाट इम्पोर्ट लाइसेन्स लगायतका कार्यहरुको सहजीकरण भैसकेको अवस्थामा सेवा विस्तार कार्यले थप गति लिनेछ ।

 फाइभ जी सेवा संचालनको लागि उपयुक्त व्यवसायिक रणनीति सहितको अध्ययन सम्पन्न भई प्रतिवेदन पेश गर्ने कार्य अन्तिम चरणमा रहेको र भविष्यमा सरकारको निर्देशन बमोजिम फाइभजी प्रविधि भित्र्याउने कम्पनीको योजना छ।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता