काठमाडौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जीवन विकास लघुवित्तको नाफा २० करोड ५४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५.५७ प्रतिशत बृद्धि हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको ६ महिनामा खुद ब्याज आम्दानी २८.०४ प्रतिशतले बढेर ९४ करोड ८१ लाख २१ ह्जार रुपैयाँ पुगेको छ चजे सञ्चालन आम्दानी पनि १५.५७ प्रतिशतले बढेर २९ करोड ३४ लाख ८९ हजार रुपैयाँ छ ।
पुस मसान्तसम्म चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ११ पैसाले बढेर ३० रुपैयाँ ४९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८ पैसा छ ।
साझा अर्थ संवाददाता