आज मंगलबार सुनको भाउ तोलामै १९ सय रुपैयाँ बढेको छ। सोमबार प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको हो।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४१ हजार २ सय ५ रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ३० रुपैयाँ तय भएको छ। आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ५४ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता