पात्रो

रेडियो

समाचार खोजी

नेपाली निजी ऊर्जा क्षेत्र अब कार्बन व्यापारमा पनि

साझा अर्थ संवाददाता २० माघ २०८१, आइतवार



नेपाली निजी ऊर्जा क्षेत्र अब कार्बन व्यापारमा पनि प्रवेश गर्ने भएको छ । यसका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०ले भारतको प्रोक्लाइमसँग सम्झौता गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० कविनकुमार कंडासामीले शुक्रबार एक कार्यक्रमबिच समझदारीपत्र आदान–प्रदान गरेका हुन् । सम्झौताअनुसार प्रोक्लाइमले ग्लोबल कार्बन काउन्सिलबाट नेपाली निजी क्षेत्रका विद्युत् परियोजनालाई ‘अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र’ ९आइरिक्स० दिलाउन सहजीकरण गर्नेछ । आइरिक्सको प्रमाणपत्र पाएपछि कार्बन व्यापारका लागि योग्य भइन्छ । कार्बन व्यापार गराउन पनि प्रोक्लाइमले नै एजेन्सीका रूपमा काम गर्नेछ ।  
कार्यक्रममा यो परियोजनाका लागि अतिरिक्त आम्दानी हुने उनको भनाइ छ । प्रोक्लाइमका सिइओ कंडासामीले भारत, भुटान र श्रीलंकाले कार्बन व्यापारबाट फाइदा लिइरहेकाले नेपालले पनि अब यो अवसर सदुपयोग गर्ने बताए ।

अन्तर्राष्ट्रिय हाइड्रोपावर एसोसिएसनका उपाध्यक्ष सुशील पोखरेलले नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरू सस्टेनेबल डेभलपमेन्टका मापदण्ड पूरा भएकाले नेपाली आयोजनाले पनि अब छिट्टै कार्बन ट्रेडबाट पैसा पाउने बताए ।

134 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता