पात्रो

रेडियो

समाचार खोजी

भारतले नेपाललाई सात अर्ब भारु अनुदान दिने घोषणा

साझा अर्थ संवाददाता २० माघ २०८१, आइतवार

 शनिबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सन् २०२५र२६ को वार्षिक बजेट सार्वजनिक गर्दै नेपाललाई सात अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेकी छिन् । यसअघि चालू आव सन् २०२४/२५ को वार्षिक बजेटमा समेत नेपालका लागि सात अर्ब भारु अनुदान विनियोजन गरिएको थियो । 

भारतले विदेशी नीति कार्यान्वयनका लागि केही देशहरूलाई ऋण तथा अनुदान उपलब्ध गराउँदै आइरहेको छ । नेपाललाई सन् ०२३/२४ मा  ६ अर्ब ५७ करोड भारु अनुदान घोषणा गरिएको थियो । सन् २०२४/२५ मा त्यसलाई बढाएर सात अर्ब भारु पुर्‍याइयो । आगामी आव २०२५/२६ का लागि पनि सात अर्ब भारु नै घोषणा गरिएको छ । भारतले दक्षिण एसियामा सबैभन्दा बढी भुटानलाई २१ अर्ब ५० करोड भारु अनुदान घोषणा गरेको छ । सबैभन्दा कम अफगानिस्तानलाई एक अर्ब भारु अनुदान घोषणा गरेको छ । माल्दिभ्सलाई ६ अर्ब, श्रीलंकालाई तीन अर्ब र बंगलादेशलाई एक अर्ब २० करोड भारु अनुदान घोषणा गरिएको छ । 

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्