पात्रो

रेडियो

समाचार खोजी

बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु

साझा अर्थ संवाददाता १९ माघ २०८१, शनिवार


राससः सिरियामा बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानी हत्या गरेको छ । 

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँका १० नागरिक शुक्रबारको आक्रमणमा मारिएको बताएको छ ।

“बन्दुकधारीहरूले भाग्नु अघि गाउँका मानिसहरूलाई गोली हाने ।”

अब्जर्भेटरीका प्रमुख रामी अब्देल रहमानले बन्दुकधारीहरू सुन्नी मुस्लिमहरू रहेको थिए ।

सिरियाली अखबार अल–वतानले सुरक्षा बलहरूले हत्याको पछाडि अपराधीहरूलाई खोज्न अर्जाह क्षेत्रलाई घेरेको बताएको छ ।

उक्त आक्रमणमा मारिनेहरूमा पूर्व अफिसर र सिपाहीहरू थिए ।

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु