पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मूल्य बढ्यो

साझा अर्थ संवाददाता १८ माघ २०८१, शुक्रवार

काठमाडौँ:  सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला रु ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु एक हजार आठ सय ८५ मा कारोबार भएको थियो ।

113 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता