काठमाडौं । कामना सेवा विकास बैङ्क लिमिटेडले नौ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ ।
बैङ्कले अंकित मूल्य एक सय रूपियाँमा ३५ लाख कित्ता अर्थात ३५ करोड रूपियाँ बराबरको सेयर जारी गर्ने भएको छ ।
अग्राधिकार सेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैङ्कले एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
बैङ्कको पूरक पूँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक नौ प्रतिशत लाभांश दर भएको (असञ्चिति) अग्राधिकार सेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन र उक्त सेयरहरु परिपत्र विधिबाट निष्काशन गरिने जनाइएको छ ।
उक्त निष्काशन सम्बन्धि सम्झौता पत्रमा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।
साझा अर्थ संवाददाता