पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

साझा अर्थ संवाददाता १५ माघ २०८१, मङ्गलवार

काठमाडौँ, १५ माघःस्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु ९०० सयले घटेको छ । 

आज एक तोला छापावाल सुनको मोल रु एक  लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार रु एक लाख ६० हजार १०० मा कारोबार भएको थियो । 

यसैगरी, सोमबार रु एक  हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज रु १५ ले घटेर रु एक हजार ८३५मा कारोबार भइरहेको  महासङ्ले जनाएको छ ।

242 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता