पात्रो

रेडियो

समाचार खोजी

नेसनल लाइफ इन्स्योरेन्सको ‘लिडर्स नाइट’ कार्यक्रम सम्पन्न

साझा अर्थ संवाददाता १४ माघ २०८१, सोमवार

 

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि  ‘लिडर्स नाइट विथ भूषण दाहाल’ कार्यक्रम सम्पन्न गरेको छ।

चितवनको सौराहास्थित होटेल सेभेन स्टारमा तीन दिन चलेको कार्यक्रममा कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणासहित प्रदेश प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरूसहित देशैभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनाेट भएका २२५ वरिष्ठ अभिकर्ताहरूले सहभागिता जनाएका थिए।

कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि ०८१ साउन महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई गैँडाकोटस्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित वरिष्ठ पत्रकार भूषण दाहालसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथव भूषण दाहालले सहभागी अभिकर्ताहरूलाई नेतृत्वबारे विशेष प्रशिक्षण प्रदान गरेका थिए। उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि हजारौँ प्रश्नको जवाफ दिने आँट र साहस बोकेर बस्नुपर्ने धारणा राखेका थिए।

समारोहमा योजनामा छनाेट भई सहभागी भएका अभिकर्ताहरूलाई प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार दाहालले सम्मानपत्र प्रदान गरेका थिए।

196 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता