पात्रो

रेडियो

समाचार खोजी

भृकुटीमण्डपमा ‘फेमिली एन्ड बेबी एक्स्पो २०२५ हुँदै

साझा अर्थ संवाददाता १४ माघ २०८१, सोमवार

काठमाडौं। माघ १६ गतेदेखि इभेन्ट सोलुसन प्रालिको आयोजनामा राजधानीको भृकुटीमण्डपमा ‘फेमिली एन्ड बेबी एक्स्पो २०२५’ आयोजना हुन लागेको छ । ‘वान स्टप सोलुसन फर फेमिली एन्ड बेबी रिलेटेड प्रोडक्ट्स एन्ड सर्भिसेज’ नारासहित आयोजना हुने एक्स्पोमा बालबच्चाका लागि आवश्यक सबै सामान तथा सेवा एकै छानामुनि उपलब्ध हुनेछ।
 
निःशुल्क प्रवेश गर्न सकिने एक्स्पोमा बालबालिकाहरुले मस्कट एपियरेन्स, पोयट्री तथा क्यालिग्राफी एक्टिभिटीजमा सहभागि हुन सक्छन्। फोटो बुथ तथा ३६० डिग्री क्यामेरा आकर्षणका रुपमा रहने एक्स्पोमा ट्रिजर हन्ट, स्पिन द ह्वील, स्काउट गेम तथा डान्समा बालबच्चा रमाउन सक्छन्।

इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार घरभित्र बसेर मोबाइल हेर्ने बानी परेका बालबच्चाका लागि रिफ्रेस् हुन एक्स्पो उचित गन्तव्य बन्नेछ। अभिभावकले आफ्ना बालबच्चालाई सक्रिय बनाउन तथा फरक वातावरण देखाउन एक्स्पोमा ल्याउन सक्ने उनको भनाइ छ।

प्रधानका अनुसार बेलुन पपअप, म्युजिकल चियर, चक्चा दौड, फेस पेन्टिङ तथा ड्रइङ, पानीपुरी तथा पपकर्न खाने प्रतियोगिता पनि सञ्चालन हुनेछन् । यस्ता कृयाकलापमा सहभागगीलाई दैनिक रुपमा गोला प्रथाबाट उपहार प्रदान गरिनेछ।

एक्स्पोमा आमाबाबु र परिवारसम्बन्धी जानकारी दिइनेछ भने महिला तथा बालबालिकामा हुने क्यान्सर तथा अटिजम र आईभिएफबारेमा जानकारी दिने सेसन पनि सञ्चालन हुनेछन्।

एक्स्पोमा जादू तथा सांगितिक मनोरन्जनात्मक प्रदर्शनी सञ्चालन हुनेछन्। एक्स्पो समापनमा ‘टिम कार्टुन’ को विशेष प्रस्तुति रहनेछ।

२५ हजार बढीले अवलोकन गर्ने लक्ष्य लिइएको एक्स्पोलाई जार रेस्टुरेन्ट, द वन्डरल्यान्ड, साउथवेस्टर्न स्कुल, वर्किङ टुगेदर फर सोसियो इकोनोमिक ट्रान्सफर्मेसन, ललितपुर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ काठमाण्डौं, नेपाल स्काउट, आक्र्स फुड, साउथ एसियन एस्ट्रो फेडेरेसनले सहयोग गरेका छन्।

त्यस्तै एक्स्पो सहयोगीमा नेपाल फर्निचर तथा फर्निसिङ संघ, एक्जिबिसन लाइट हाउस, लायन्स क्लब अफ काठमाडौं युनिभर्सल, फ्रेस रस, वेबट्युन्ड स्टुडियो, लक्ष्मी हेयर एन्ड व्युटी स्टुडियो, ऐबीबी अष्ट्रेलिया तथा वलर््डलिंक कम्युनिकेसन रहेका छन्। 

माघ १९ गतेसम्म चल्ने एक्स्पो उद्घाटन अभिनेत्री प्रियंका र छोरी आयांकाले गर्ने कार्यक्रम तय भएको छ।

186 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता