पात्रो

रेडियो

समाचार खोजी

ट्रेजरी बिल्स मार्फत २९ अर्ब १० करोड रुपैयाँ ऋण उठाउँदै सरकार

साझा अर्थ संवाददाता १३ माघ २०८१, आइतवार

काठमाडौं । सरकारले ट्रेजरी बिल्स मार्फत २९ अर्ब १० करोड रुपैयाँ ऋण उठाउँने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार एक सार्वजनिक सूचना गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई १५ माघमा ट्रेजरी बिल्स खरिदका लागि आह्वान गरेको छ । 
कार्यालयका अनुसार २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिममा ट्रेजरी जारी गर्न लागिएको हो । जसमध्ये ३६४ दिने अर्थात् एक वर्षे ट्रेजरीमा ५ अर्ब रुपियाँ र ६ अर्ब पुरानो गरी ११ अर्ब   उठाउँन लागिएको हो भने बाँकी १८ अर्ब १० करोड पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको हो । 

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्