पात्रो

रेडियो

समाचार खोजी

प्राइम कमर्सियल बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

साझा अर्थ संवाददाता १३ माघ २०८१, आइतवार

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको  ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको छ ।  सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यो सेयरका खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।   
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माघ २० गतेभित्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

गोप्य शिलबँदी आवेदन पेश गर्दा आफुले लिन चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ । लगानीकर्ताले सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्नु पर्नेछ ।  

290 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्