काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनीहरु तथा कर्मचारीको लक–इन अवधि फागुन ११ गते समाप्त हुने भएको छ।
संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १९ लाख ९९ हजार ३७५ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १४ हजार ८५२ कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको संस्थाले जनाएको छ ।
लक इनमा रहेको संस्थापक सेयरमध्ये प्रारम्भिक लकइनमा १७ लाख ५० हजार कित्ता र २ लाख ४९ हजार ३७५ कित्ता बोनस सेयर लक इन कित्ता रहेको छ । यस्तै कर्मचारीको कुल कित्तामा १३ हजार कित्ता प्रारम्भिक र १ हजार ८५२।५० कित्ता बोनस सेयर लकइन कित्ता रहेको छ ।
साझा अर्थ संवाददाता