काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले आजदेखि एक हजार रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता ७वर्षे अवधिको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’नामक ऋणपत्र निष्कासन गरेको छ ।
कुल निष्कासनमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको १ लाख २० हजार कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको हो । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा माघ १३ गते र ढिलोमा माघ २३ गते बैंकिङ समयपछि हुनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
साझा अर्थ संवाददाता