आज बुधबार पनि सुनको भाउ तोलामा एक हजार नौ सय बढेको छ । मंगलबार प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ६० हजार रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३७ हजार १ सय ७५ रुपैयाँ तोकिएको छ ।
चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय २४ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता