पात्रो

रेडियो

समाचार खोजी

आजसम्म कायम  लगानीकर्तालाई नेपाल लाइफको लाभांस

साझा अर्थ संवाददाता ९ माघ २०८१, बुधवार

नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा प्रयोजनको लागि माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सोही कारण आज माघ ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ।

कम्पनीले माघ २८ गते पर्साको बिरगंजमा साधारणसभा बोलाएको छ ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता