पात्रो

रेडियो

समाचार खोजी

नेपालको एक सय ५७ देशसँग व्यापार, १२४ देशसँग घाटा

साझा अर्थ संवाददाता ८ माघ २०८१, मङ्गलवार

चालु आर्थिक बर्षको ६ महिनामा नेपालले एक सय ५७ देशसँग व्यापार गरेको छ । जसमध्ये एक सय २४ देशसँगको व्यापार घाटामा छ भने ३३ देशसँग मात्रै नाफामा छ । नेपालको सबैभन्दा धेरै भारतसँग चार खर्ब २९ अर्ब, चीनसँग एक खर्ब ५६ अर्ब, अर्जेन्टिनासँग २२ अर्ब, युक्रेनसँग १३ अर्ब, युनाइटेड अरब इमिरेट्ससँग नौ अर्ब ६३ करोड, अस्टे«लियासँग आठ अर्ब ६० करोड, थाइल्यान्डसँग सात अर्ब ६१ करोड, इन्डोनेसियासँग सात अर्ब ३६ करोड, मलेसियासँग सात अर्ब ३० करोड घाटामा छ ।

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ