काठमाडौंः सानीमा बैंक पर्सागढी शाखाले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार कपडा वितरण गरेको हो ।
सोमबार पर्सागढी नगरपालिका वडा नम्बर पाँचको श्री नेपाल राष्ट्रिय आधारभूतविद्यालय र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा हस्तान्तरण गरिएको सानिमा बैंकका प्रमुखनिक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिनुभयो ।
बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत अन्यविभिन्न क्षेत्रहरुमा विभिन्नवर्गका जनतालाई प्रत्यक्षफाइदाहुने गरी विभिन्न कार्यक्रमहरु संचालनगर्दै आइरहेको छ ।
साझा अर्थ संवाददाता