पात्रो

रेडियो

समाचार खोजी

विकाश बैंकहरुको नाफा १४.७८ प्रतिशतले बृद्धि

साझा अर्थ संवाददाता ७ माघ २०८१, सोमवार

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा विकास बैंकको नाफा १४.७८ प्रतिशतले बढेर २ अर्ब ५८ करोड ७५ लाख पुगेको छ । गत आवको सोही अवधिमा बैंकहरुको नाफा २ अर्ब २५ करोड ४२ लाख ९७ हजार रुपैयाँ थियो ।   बैंकहरुले प्रकाशित गरेको पुस मसान्तसम्मको वित्तीय अवस्था अनुसार विकास  राष्ट्रिय स्तरका ८ वटा बैंकमा २ वटाको नाफा घटेको छ भने बाँकी ६ वटाको बढेको छ ।  

समिक्षा अवधिमा सबैभन्दा बढी नाफा गरिमा विकास बैंकको ५४ करोड ९२ लाख पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ५१ करोड २५ लाख थियो । त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ९६.१० प्रतिशतले बढेर १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा  १० करोड २ लाख थियो । कामना सेवा बैंकको नाफा २४.५५ प्रतिशतले बढेर ३२ करोड २४ लाख ९३ हजार पुुगेको छ । महालक्ष्मी विकास बैंकको नाफा ३.४० प्रतिशतले बढेर २८ करोड ७५ लाख पुगेको छ ।

ज्योति विकास बैंकको नाफा १४७.५७ प्रतिशतले बढेर २५ करोड, मुक्तिनाथ विकास बैंकको नाफा १९.७९ प्रतिशतले बढेर ५० करोड ३१ लाख पुगेको छ ।  यस्तै शाइन रेसुुङ्गा डेभलपमेन्ट बैंकको नाफा १०.८७ प्रतिशतले घटेर ३३ करोड ८ लाख,  लुुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले घटेर १४ करोड ७६ लाख १८ हजार पुगेको छ ।  

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ