विद्युतीय सवारीसाधन (इभी)को नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले ‘एक्सचेन्च फेस्ट’ आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार एक्सचेन्ज फेस्ट ९ देखि १३ माघसम्म चल्नेछ ।
एक्सचेन्ज फेस्टमा ग्राहकले जुनसुकै ब्रान्डका पुराना इभी बिवाइडीसँग साट्न सक्नेछन् । एक्सचेन्जमा ग्राहकले उत्कृष्ट मूल्यांकनसँगै बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम, एक्ससेरिज र निःशुल्क चार्जर जडानको सुविधा पाउने कम्पनीले जनाएको छ । मेला उपत्यकामा काठमाडौंसहित ललिलपुर, भक्तपुर, सोल्टीमोड, इमाडोलमा सञ्चालन हुनेछ ।
त्यस्तै, उपत्यकाबाहिर बुटवल, भैरहवा, जनकपुर, वीरगन्ज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणगढमा पनि एक्सचेन्ज मेला गर्न लागिएको कम्पनीले जनाएको छ । नेपाली बजारमा यसको बिवाइडीका एट्टो३, डल्फिन र एम६ मोडेल निकै लोकप्रिय छन् ।
साझा अर्थ संवाददाता