पात्रो

रेडियो

समाचार खोजी

दिपल ‘एस७ एल’ सार्वजनिक

साझा अर्थ संवाददाता ७ माघ २०८१, सोमवार

 

चाँगनको नेपाली विक्रेता एमएडब्लू वृद्धिले अपग्रेडेड र थप शक्तिशाली इलेक्ट्रिक एसयुभ दिपल ‘एस७ एल’ भित्र्याएको छ । नयाँ एस७ एल एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, दिपलका ब्रान्ड एम्बासडर एवं क्रिकेटर पारस खड्कालगायतले सार्वजनिक गरे ।

कम्पनीका अध्यक्ष अग्रवालले प्रिमियम उत्पादन, अत्याधुनिक प्रविधि र अद्वितीय आफ्टर सेल्स सर्भिसमार्फत ग्राहकको अनुभवलाई उच्चकोटीको बनाउन एमएडब्लू प्रतिबद्ध रहेको बताए । उनले भने,  ‘अहिले देशभर ९१ स्थानमा एमएडब्लूका चार्जिङ स्टेसन छन्, जुन नेपालकै सबैभन्दा ठुलो सञ्जाल हो ।’ जसले सिंगल चार्जमा चार सय ८५ किलोमिटर माइलेज दिने बताइएको छ । यो इलेक्ट्रिक एसयुभीको टप स्पिड एक सय ८० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्छ ।

एस७ एलमा बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर, ठुला २० इन्चका टायर, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, ६ सिनिक मोडेललगायत फिचर छन् । एमएडब्लू वृद्धिले दिपल एस०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, १५ दिनका लागि ग्राहकले ८१ लाख ९९ हजार रुपैयाँमा गाडी खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

130 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता