पात्रो

रेडियो

समाचार खोजी

वाणिज्य बैंकहरूको नाफा ४.६१ प्रतिशतले घट्यो

साझा अर्थ संवाददाता ७ माघ २०८१, सोमवार

चालु आर्थिक बर्षको ६ महिनामा २० बाणिज्य बैंकहरूले कुल २७ अर्ब ४३ करोड रुपैयाँबराबर नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको यही अवधिमा तुलनामा ४.६१ प्रतिशतले कम हो । गत बर्ष यस्तो नाफा २८ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।  चालु आवमा प्रतिशतका आधारमा नाफा घट्नेमा एनआइसी एसिया, कुमारी, सिद्धार्थ, नेपाल बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
यो अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । उक्त बैंकले तीन अर्ब २४ करोड रुपैयाँ नाफा कमाउँदा एनआइसी एसिया बैंकको सबैभन्दा कम १५ करोड १७ लाख रुपैयाँ कमाएको विवरणमा उल्लेख छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको तीन अर्ब पाँच करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दुई अर्ब ८३ करोड, एभरेष्ट बैंकको दुई अर्ब सात करोड, एनएमबि बैंकको दुई अर्ब, प्राइम बैंकको एक अर्ब ८६ करोड स्ट्यान्डर्ड चार्टर्ड बैंकको एक अर्ब ६४ करोड तथा हिमालयन बैंकको नाफा एक अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

प्रभु बैंकको एक अर्ब ३३ करोड, सानिमा बैंकको एक अर्ब १९ करोड, लक्ष्मी सनराइज बैंकको एक अर्ब १६ करोड, कृषि विकास बैंकको ९५ करोड, नेपाल एसबिआई बैंकको ९० करोड, माछापुच्छ्रे बैंकको ८० करोड, राष्ट्रिय वाणिज्य बैंकको ७६ करोड, सिटिजन्स बैंकको ६६ करोड, सिद्धार्थ बैंकको ५३ करोड, नेपाल बैंकको ४६ करोड र कुमारी बैंकको २७ करोड नाफा रहेको देखिएको छ ।

जसमा सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ९२.०३ प्रतिशत, कुमारीको ६८.२० प्रतिशत, राष्ट्रिय वाणिज्यको ६२.१३ प्रतिशत, सिद्धार्थको ५२.३५ प्रतिशत, कृषि विकासको २९.३४ प्रतिशत, नेपाल बैंकको २१.६८ प्रतिशत सिटिजन्सको १५.४५ प्रतिशत, प्राइमको १४.३३ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४.९६ प्रतिशतले घटेको छ ।

त्यसैगरी, प्रतिशतका आधारमा हेर्दा यो अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै बढेको छ । उक्त बैंकको ८५.४८ प्रतिशत अर्थात् ६१ करोड रुपैयाँबराबरको नाफा बढेको हो । त्यसबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकको ५७.१८ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४९.५१ प्रतिशत, एनएमबि बैंकको ४५.६० प्रतिशत, एभरेष्ट बैंकको २१.१० प्रतिशत, लक्ष्मी सनराइज बैंकको नौ प्रतिशत, नेपाल एसबिआई बैंकको ७.१० प्रतिशत, सानिमा बैंकको ४.७१ प्रतिशत, नबिल बैंकको २.८१ प्रतिशत, हिमालयन बैंकको ०.९८ प्रतिशत तथा माछापुच्छ्रे बैंकको ०.२४ प्रतिशतले नाफा बढेको छ ।
 

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ