पात्रो

रेडियो

समाचार खोजी

ग्लोबल आइएमई बैंकको नाफा ५० प्रतिशत बढ्यो

साझा अर्थ संवाददाता ७ माघ २०८१, सोमवार

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा  खुद नाफा ५० प्रतिशतले बढेको छ। बैंकको अपरिस्कृत वित्तीय विवरण  अनुसार यस अवधिमा  बैंकले ३ अर्ब ५ करोड ३४ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा  खुद नाफा २ अर्ब ४ करोड २३ लाख थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ प्रतिशतले घटेर ८ अर्ब २९ करोड कायम भएको छ। तर, सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको खर्च घटे  ४६.७२ प्रतिशतले घटेर २ अर्ब २० करोड कायम भएको छ। यहि कारण बैंकको  वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड पुगेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ २ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ। बैंकको खराब कर्जा ४.६८ प्रतिशतबाट बढेर ४.८६ प्रतिशत पुगेको छ।

३८ अर्ब ११ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा २६ अर्ब ५२ करोड रहेको छ। बैंकको निक्षेप ५ खर्ब १३ अर्ब रहेको छ भने कर्जा प्रवाह ४ खर्ब रहेको छ।

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्