पात्रो

रेडियो

समाचार खोजी

एनआइसी एसियाको बितरणयोग्य मुनाफा २ अर्ब ६५  करोड ऋणात्मक

साझा अर्थ संवाददाता ७ माघ २०८१, सोमवार

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा एनआइसी एसिया बैंकको खुद नाफा ९२  प्रतिशतले घटेको  छ। बैंकको आर्थिक बिबरण अनुसार दोस्रो त्रैमाससम्ममा १५ करोड १७ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ९० करोड लाख थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४०  प्रतिशतले घटेर ५ अर्ब १८ करोड कायम भएको छ।

 बैंकले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको खर्च पनि  ४८ करोडबाट बढेर २ अर्ब ३५ करोड पुगेको छ। यसको प्रत्यक्ष असर मुनाफामा परेको छ ।  यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५  करोड ऋणात्मक रहेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २ रुपैयाँ ३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १९८.९२  रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ०.५८ प्रतिशतबाट बढेर १.४७ प्रतिशत पुगेको छ।

१४ अर्ब १९  करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १४ अर्ब ७५ करोड रहेको छ। बैंकको निक्षेप ३ खर्ब ८अर्ब रहेको छ भने कर्जा प्रवाह २ खर्ब ४५ अर्ब रहेको छ। बैंकको निक्षेप र कर्जा प्रवाह क्रमश १२.९२ प्रतिशत र ९.६३ प्रतिशतले घटेको छ।

116 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ