पात्रो

रेडियो

समाचार खोजी

गुराँस लघुवित्तको नाफा दोब्बर

साझा अर्थ संवाददाता ६ माघ २०८१, आइतवार

गुराँस लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको मुनाफा दोब्बर भएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा  खुद नाफा बढेर १ करोड ५४ लाख ६३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७७ लाख २८ हजार रुपैयाँ मात्र थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९५.३४ प्रतिशतले बढेर ५ करोड ६४ लाख पुगेको छ भने संचालन आम्दानी ६६.६८ प्रतिशतले बढेर ७ करोड १३ लाख पुगेको छ।  

यस अवधिमा कम्पनीको खराब कर्जा ३.७५ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा सिमित भएको छ। कम्पनीको प्रति शेयर आम्दानी २६ रुपैयाँ ७० पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३६ रुपैयाँ ८३ पैसा रहेको छ।

 

182 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ