पात्रो

रेडियो

समाचार खोजी

माथिल्लो तामाकोशी आज रातीदेखि पिकिङ मोडलमा

साझा अर्थ संवाददाता ६ माघ २०८१, आइतवार

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आज रातीदेखि पिकिङ मोडमा सञ्चालन गरिने भएको छ । मर्मत सम्भारपछि रन अफ दि रिभर प्रकृतिमा सञ्चालन हुँदै आएको आयोजना अर्ध(जलाशय (पिकिङ रन अफ दि रिभर) मा सञ्चालन गर्न लागिएको हो । शनिवार बिहान सात बजेदेखि आइतबार राति ८ बजेसम्म  स्काफोल्डिङ हटाउने, ग्राउटिङ गर्नेलगायतका काम गरिएको माथिल्लो तामाकोसी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत  मोहन गौतमले बताए । उनका अनुसार आजैबाट पिकिङ मोडलमा ४५६ मेगावाटसम्म उत्पादन हुन्छ । यसले बिहान बेलुकी प्राधिकरणलाई लोड व्यवस्थापनमा सहज हुने उनको भनाई छ । 

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि पुनः विद्युत् उत्पादन सुरु गएिको थियो ।   पानीको बहावलाई पूर्णरुपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।

251 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्