पुस मसान्तसम्ममा एक खर्ब दुई अर्ब तीन करोड वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँबराबर रहेको थियो । यस आर्थिक वर्षको पुस मसान्तसम्मा विनिमय दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड सार्वजनिक ऋण दात्यिव वृद्धिमा प्रभाव परेको छ ।
चालू आर्थिक वर्षमा कुल पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको थियो । पुस मसान्तसम्म दुई खर्ब ४० अर्ब आठ करोड प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा ४३।८९ प्रतिशत रहेको छ । यस वर्ष तीन खर्ब ३० अर्ब आन्तरिक ऋण परिचालनको लक्ष्य लिइएकोमा पुस मसान्तसम्ममा ५४।८६ प्रतिशत अर्थात् एक खर्ब ८१ अर्ब पाँच करोड उठाइएको छ ।
त्यस्तै, दुई खर्ब १७ अर्ब बाह्य ऋण परिचालनको लक्ष्य लिइएकोमा २७.२० प्रतिशत अर्थात् ५९ अर्ब तीन करोड उठाएको छ । वार्षिक लक्ष्यअनुसार सरकारले बाँकी ६ महिनामा एक खर्ब ४८ अर्ब ९४ करोड आन्तरिक र एक खर्ब ५७ अर्ब ९६ करोड बाह्य गरी कुल तीन खर्ब ६ अर्ब ९१ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्न सक्नेछ
साझा अर्थ संवाददाता