आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमासमा खुद नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको बित्तिय विवरण अनुसार यस अवधिमा कम्पनीले ४ करोड ४१ लाख खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ९३ लाख खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.११ प्रतिशतले घटेर ११ करोड २१ लाखमा सिमित भएको छ । कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम ५२ प्रतिशतले बढेर २ करोड ६० लाख पुगेको छ। यस्तै कारणले कम्पनीको खुद नाफामा गिरावट आएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ। कम्पनीको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ।
यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ३ करोड ६७ लाख रहेको छ ।
साझा अर्थ संवाददाता