गत साता लगातार उक्लिएको सुनको भाउ आज आइतबार पहिलो दिन घटेको छ । शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ५७ हजार १ सयमा किनबेच भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३४ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा झरेको छ ।
साझा अर्थ संवाददाता