नियामक निकायको कमजोर सुपरिवेक्षणको फाइदा उठाउँदै व्यापारीले वस्तु तथा सेवाको निरन्तर मूल्यवृद्धि गर्दै आएका छन् । राष्ट्र बैंकका अनुसार भदौमा ३.८६ प्रतिशत विन्दुमा रहेको मूल्यवृद्धि दर असोजमा ४।८१ प्रतिशत, कात्तिकमा ५.६ प्रतिशत र मंसिरमा ६।०५ प्रतिशत कायम भएको छ ।
सरकारले यो वर्ष मूल्यवृद्धि दर ५.५ प्रतिशतभित्र कायम गर्न राखेको सीमा नाघिसकेको छ । लक्षित दरभन्दा बढी मूल्यवृद्धि कायम भए पनि नियन्त्रण गर्न सरकार असफल भएको छ ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी तरकारीमा ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीमा १०.६६ प्रतिशत, खाद्यान्नमा ९.७० प्रतिशत र घिउ–तेलमा ९.३९ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
त्यस्तै जुत्ता–चप्पल र लत्ता–कपडामा ७.९८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ५.२९ प्रतिशत मूल्यवृद्धि भएको छ । मंसिरमा ग्रामीण क्षेत्रमा ६.५२ प्रतिशत र सहरी क्षेत्र ५.८९ प्रतिशत मूल्यवृद्धि भएको छ ।
साझा अर्थ संवाददाता