भारतीय कम्पनी ग्रान्धी मालिकार्जुन राव (जिएमआर)ले नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको फाइनान्सियल क्लोजर गरेको छ । कम्पनीले कुल एक खर्ब चार अर्ब ९ बराबरको ऋण सम्झौता गरेको दस्ताबेज लगानी बोर्डमा पेस गरेको प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । योसँगै कम्पनीले लाइसेन्स हात पारेको १७ वर्षपछि परियोजना बन्ने पक्का भएको छ ।
परियोजनाको लागत अनुमान एक खर्ब ४६ अर्ब ३२ करोड रहेको छ । त्यसको करिब ७० प्रतिशत रकम ऋणमार्फत जुटाउने गरी वित्तीय व्यवस्थापनको सम्झौता भएको कम्पनीको भनाइ छ ।
त्यसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नेपालका पाँच बैंकले ४२ अर्ब ऋण लगानी गर्ने गरी सम्झौता भएको छ भने बाँकी ६२ अर्ब रुपैयाँ भने इन्डियन रिन्युअल इनर्जी डेभलपमेन्ट एजेन्सी ९इरेडा०ले ऋण लगानी गर्ने गरी सम्झौता भएको छ ।
साझा अर्थ संवाददाता