पात्रो

रेडियो

समाचार खोजी

आयल निगमको धनगढी डिपो स्थानान्तरण प्रक्रिया सुरु

साझा अर्थ संवाददाता ३ माघ २०८१, बिहिवार

 

नेपाल आयल निगम लिमिटेडले सुदूरपश्चिममा इन्धन वितरण गर्ने धनगढीस्थित प्रादेशिक कार्यालय स्थानान्तरण प्रक्रिया सुरु गरेको जनाएको छ । बाक्लो बस्ती र साँघुरो रहेको डिपोलाई नयाँ ठाउँमा सार्नका लागि जग्गा प्राप्ति प्रक्रिया थालिएको निगमको भण्डारण क्षमता वृद्धि परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिए ।

सरकारी जग्गा खोजी गरे पनि नपाएपछि निजी जग्गा किन्न लागेको यादवले बताए । ‘नयाँ डिपोका लागि २० बिघाभन्दा बढी जग्गा चाहिन्छ,’ उनले भने, ‘कैलालीको गोदावरी नगरपालिका– ८, अत्तरिया क्षेत्रमा जग्गा पनि भेटिएको छ र खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउन लागिएको छ ।’

विगतमा आयल निगमले भण्डारण क्षमता वृद्धिका लागि निजी जग्गा खरिद गर्दा घोटाला भएको थियो । यसपटक भने प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जग्गा प्राप्तिसम्बन्धी समितिमार्पmत खरिद गर्न लागिएको र विवाद नहुने गरी काम गर्ने यादवले बताए । ‘निगम सञ्चालक समिति र मन्त्रिपरिषद्बाट स्वीकृत गराई जग्गा किन्नेछौँ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सबै प्रक्रिया अघि बढाइनेछ,’ उनले भने ।

308 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्