काठमाडौं । निर्माण व्यवसायीहरूले माघ ३ गते (भोलि) देखि चरणबद्ध आन्दोलनमा जाने तयारी भएको जनाएको छ ।
निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले लामो समयदेखि आफूहरुले सरकारसँग विभिन्न माग राख्दै आएको भए पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रिनुपर्ने बाध्यता आएको बताए ।
पहिलो चरणको आन्दोलनबाट पनि माग पूरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने महासंघले जनाएको छ ।
निर्माण सामग्रीको मूल्य वृद्धि, लामो समयदेखि सरकारले बक्यौता भुक्तानी नगरेको, राष्ट्र बैंकले दिएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग संकटमा परेको उनको भनाइ छ ।
सिमन्ट उत्पादकहरुले उत्पादन कटौती गरेर त्यसको कृतिक अभाव गरेको, कालोबजारी गरेर मूल्य बढाएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
साझा अर्थ संवाददाता