आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदीको १० रुपैयाँ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार रुपैयाँ कायम रहेको थियो ।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय २० रुपैयाँ कायम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६७५.६५ र चाँदी प्रतिऔंस २९.८१ डलरमा कारोबार भइरहेको छ ।
साझा अर्थ संवाददाता