नेपाल राष्ट्र बैङ्कले आज पनि बजारबाट ४० अर्ब खिच्ने भएको छ। नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत सो रकम खिच्ने भएको हो ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । आवेदन दिंदा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पुरै रकमसम्मको लागि आवेदन दिन सकिने छ ।
साझा अर्थ संवाददाता