पात्रो

रेडियो

समाचार खोजी

निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुनेथियो : विशेष सल्लाहकारको रिपोर्ट

साझा अर्थ संवाददाता १ माघ २०८१, मङ्गलवार

वासिङ्टन, १ माघ (रासस/एएफपी) : अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि दोषी ठहरिनुहुने भन्ने तत्कालीन विशेष सल्लाहकार ज्याक स्मिथको प्रतिवेदन अमेरिकी सञ्चारमाध्यमले मङ्गलबार बिहान प्रकाशित गरेको छ ।

    “संविधानले एक राष्ट्रपतिविरुद्ध निरन्तर अभियोजन र मुद्दा चलाउन निषेध गर्छ भन्ने अमेरिकी न्याय विभागको दृष्टिकोण पूर्ण छ र यो आरोपित अपराधको गम्भीरता, सरकारी प्रमाणको बलियोपन वा अभियोजनको गुण–दोषमा आधारित छैन, जसलाई कार्यालयले पूर्ण समर्थन गर्छ”, प्रतिवेदनमा भनिएको छ, “वास्तवमा श्री ट्रम्पको निर्वाचन र आसन्न राष्ट्रपति पदको पुनर्बहाली नभएको भए (विशेष सल्लाहकारको) कार्यालयले स्वीकार्य प्रमाणहरू परीक्षणमा दोषी ठहर गर्न र कायम राख्न पर्याप्त थियो भनी मूल्याङ्कन गरेको थियो ।”

    जनवरी २० मा ह्वाइट हाउस फर्कनुहुने ट्रम्पलाई संयुक्त राज्य अमेरिकालाई धोका दिने षड्यन्त्र र आधिकारिक कार्यवाहीमा बाधा पुर्याउने षड्यन्त्रको आरोप लगाइएको थियो– काङ्ग्रेसको सत्रले राष्ट्रपति जो बाइडेनको चुनावी जित प्रमाणित गर्न बोलाएको थियो तर सन् २०२१ जनवरी ६ मा रिपब्लिकन समर्थकहरूको भिडले हिंसात्मक आक्रमण गरेको थियो । 

    ट्रम्पको अनुसन्धान गर्न नियुक्त विशेष सल्लाहकार रहेका स्मिथले नोभेम्बरको राष्ट्रपति चुनाव जितेपछि आगामी नेता विरुद्धको सङ्घीय आपराधिक मुद्दा खारेज गर्नुभयो । 

    रिपोर्ट रातारात सार्वजनिक भए लगत्तै ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा स्मिथलाई ‘विचलित’ भन्दै प्रतिक्रिया दिनुभयो र उहाँ आफ्नो ‘मालिक’ को राजनीतिक विपक्षीलाई सफलतापूर्वक मुद्दा चलाउन असमर्थ हुनुहुन्थ्यो भन्नुभयो । “ज्याक स्मिथ कति निराश हुनुहुन्छ भनेर देखाउनका लागि उहाँले बिहान १ः०० बजे आफ्नो नक्कली निष्कर्षहरू जारी गर्नुभयो”, ट्रम्पले अर्को पोस्टमा भन्नुभयो । 

    ट्रम्पद्वारा नियुक्त न्यायाधीश एलिन क्याननले गत वर्ष पूर्व र भावी राष्ट्रपति विरुद्धको छुट्टै मुद्दा – ह्वाइट हाउस छोडेपछि शीर्ष गोप्य कागजातहरू ट्रम्पद्वारा व्यवस्थापनसम्बन्धी – खारेज गर्नुभयो तर उहाँका दुई पूर्व सह–प्रतिवादीहरू विरुद्ध आरोपहरू अझै विचाराधीन छन् । 

    स्मिथले विशेष सल्लाहकारका रूपमा आफ्नो अन्तिम प्रतिवेदन पेस गरेको केही दिनपछि गत हप्ता न्याय विभाग छाड्नुभयो । 

269 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता