पात्रो

रेडियो

समाचार खोजी

भुक्तानी नदिने कार्यविरुद्ध अब निर्णायक आन्दोलन ः निर्माण व्यवसायी

साझा अर्थ संवाददाता २९ पुष २०८१, सोमवार

  निर्माण उद्योग ठुलो सकसमा परेको भन्दै अब आन्दोलनको विकल्प नरहेको निर्माण व्यवसायीले बताएका छन् । देशको वर्तमान अवस्थाका विषयमा देशभरका निर्माण व्यवसायीको सुझाव संकलन गर्न आयोजित राष्ट्रिय भेलामा अध्यक्ष रवि सिंहले सरकारको भुक्तानी नदिने कार्यविरुद्ध अब निर्णायक आन्दोलनको विकल्प नभएकाले राष्ट्रिय भेला बोलाइएको बताए ।

सिमेन्टलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र कालोबजारी, भुक्तानी अभाव, राष्ट्र बैंकबाट प्राप्त सहुलियत खारेजी, रुग्ण ठेक्काको व्यवस्थापनलगायतका कारण निर्माण उद्योग एकपछि अर्को समस्यामा पर्दै गएको उनले बताए । ‘निर्माण व्यवसायीहरूले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरूमै भुक्तानी हुनुपर्ने बक्यौता रहेको ठुलो रकम अझै पनि भुक्तानी हुन नसक्दा निर्माण उद्योग मारमा परेको छ,’ उनले भने । 

राज्यबाट निर्माण व्यवसायीलाई यस आर्थिक वर्षमा भएको आंशिक भुक्तानीसमेत यस चालू आर्थिक वर्षको विनियोजित बजेटबाट मात्र भएको हुँदा अब यस वर्ष हुने थप निर्माण कार्यमा भुक्तानीको समस्याले पुनः जटिल रूप लिन सक्ने अध्यक्ष सिंहले बताए । 

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्